७ जेष्ठ २०८१, सोमबार

जिल्ला अस्पताल अछाम उत्कृट



धनगढी  ।  जिल्ला अस्पताल अछाम देशभरकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला अस्पताल अछामलाई उत्कृष्ट घोषणा गरेको हो ।
स्वास्थ्य सेवा दिवस–२०७३ का अवसरमा उत्कृष्ट स्वास्थ्य संस्था, डाक्टर र स्वास्थ्यकर्मीलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुने स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय अछाम प्रथम, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत दोस्रो र जिल्ला स्वास्थ्य कार्यालय बैतडी तेस्रो भएका छन् ।
यस वर्ष क्षेत्रीयस्तरको मूल्याङ्कनबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल उत्कृष्ट भएको छ ।
त्यस्तै, गत आर्थिक वर्षका तुलनामा उल्लेख्य प्रगति हासिल गरेकोले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई श्रेणी अन्तर विधामा पुरस्कृत गरियो ।
यस वर्ष उत्कृष्ट स्वास्थ्य सेवा दिएवापत पुरस्कृत हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनजंग रायमाझी, राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रकी जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट, जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका क्षयरोग, कुष्ठरोग सुपरभाइजर ध्रुवलाल उराव र जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र, भक्तपुरका आयुर्वेद निरीक्षक स्वर्गीय सुरेन्द्र शाह गरेका छन् ।
स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्यमन्त्री गगन थापा, मुख्य सचिव सोमलाल सुवेदी, स्वास्थ्य
सचिव डाक्टर सेनेन्द्रराज उप्रेती, डाक्टर किरण रेग्मी, डाक्टर गीताभक्त जोशीलगायतले पुरस्कृत भएका स्वास्थ्यकर्मी तथा संस्थालाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार