२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल उत्कृष्ट




काठमाडौं ।
स्वास्थ्य सेवा दिवस–२०७३का अवसरमा उत्कृष्ट स्वास्थ्य संस्था, डाक्टर र स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिएको छ।
पुरस्कृत हुने स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय अछाम प्रथम, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत दोस्रो र जिल्ला स्वास्थ्य कार्यालय बैतडी तेस्रो भएका छन् ।
यसवर्ष क्षेत्रीय स्तरको मूल्यांकनबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल उत्कृष्ट भएको छ । गत आर्थिक वर्षका तुलनामा उल्लेख्य प्रगति हासिल गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई श्रेणी अन्तर विधामा पुरस्कृत गरियो ।
यस वर्ष उत्कृष्ट स्वास्थ्य सेवा दिएबापत पुरस्कृत हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरीटेन्डेन्ट डा पवनजंग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट, जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका क्षयरोग, कुष्ठरोग सुपरभाइजर ध्रुबलाल उराव र जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र, भक्तपुरका आयुर्वेद निरीक्षक स्वर्गीय सुरेन्द्र शाह गरेका छन् ।
स्वास्थ्य मन्त्री गगन थापा, मुख्य सचिव सोमलाल सुवेदी, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, डा किरण रेग्मी, डा गीताभक्त जोशीलगायतले पुरस्कृतलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार