५ कार्तिक २०८१, सोमबार

कैलाली क्रिकेट एकेडेमी विजयी



धनगढी  ।  धनगढीमा जारी लिटल फ्लावर ड्रिमटिम ट्राई सिरिज कैलाली जिल्ला क्रिकेट एकेडेमीले जीतेको छ ।
सोमबार भएको फाइनल खेलमा कैलाली क्रिकेट एकेडेमीले धनगढी क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले १९ दशमलव तीन ओभरमा सबै बिकेट गुमाउँदै ९२ रन बनायो । सो टिमका रोशन अधिकारीले २६ र अमन पन्थीले २१ रन बनाए ।
बलिङतर्फ कैलाली जिल्ला क्रिकेट एकेडेमीका निराजन सिंह र राजन भण्डारीले दुई/दुई विकेट लिए ।
९३ रनको विजयी लक्ष्य पाएको कैलाली जिल्ला एकेडेमीले १५ औं ओभरमा तीन विकेट क्षतिमा लक्ष्य भेटायो । कैलालीका आयुव चन्दले ५८ रन बनाए ।
यस्तै, सुरज बोहराले १६ र लोकेश बमले १३ रन बनाए ।
जीतसंगै जिल्ला क्रिकेट एकेडेमीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । प्रतियोगिताको फाइनल खेलको म्यान अफ द फाईनल, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज कैलाली जिल्ला क्रिकेट एकेडेमीका ब्याट्सम्यान आयुव चन्द घोषित भए ।
यस्तै, उत्कृष्टमा बलरमा धनगढीका सुनिल लोत्थ्याल र बेष्ट फिल्डर कैलालीका निराजन सिंह घोषित भए ।
पुरस्कार वितरण कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, फाप्ला क्रिकेट मैदान निर्माण समितिका सचिव ललित चन्दलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार