११ श्रावण २०८१, शुक्रबार

क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डको तयारी



बौनिया  ।  कैलालीमा यस वर्ष आगामी सोमबारदेखि निर्वाचन क्षेत्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ ।
आयोजक जिल्ला खेलकुद विकास समिति कैलालीले सूचना जारी गर्दै फागुन १६ गतेदेखि १७ गतेसम्म टीकापुर र मोहन्याल उमावि भजनीमा, १९ गतेदेखि २० गतेसम्म वसन्तमुरारीको खेल मैदार र राष्ट्रिय उमावि सुखडमा प्रतियोगिता हुने छ ।
यस्तै, २२ देखि २३ गतेसम्म सशस्त्र प्रहरीको खेलमैदान अत्तरिया, र धनगढी रंगशालामा प्रतियोगिता शुरु हुने जनाइएको छ ।
नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स (दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प), ज्याभलिङ थ्रो र सटपुट, भलिवल, कबड्डी, कराँते र तेक्वान्दो समावेश गरिएको जिल्ला खेलकुद विकास समिति कैलालीले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले रनिङ शिल्डमा सहभागिता जनाउन चाहने विद्यालयले विद्यालयको झण्डा र पोशाक प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार