६ बैशाख २०८१, बिहीबार

स्थानीय तह वा निकाय निर्वाचनको विवाद नगरौं : महामन्त्री कोइराला



बौनिया   ।  नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले तीन तहको निर्वाचन नै अहिले मुलुकको सबैभन्दा प्राथमिकताको विषय भएको दोहोर्‍याएका छन् । महामन्त्री डाक्टर कोइरालाले अहिले स्थानीय तह वा निकायको विवादमा नअल्झिएर चुनाव गर्नेतिर लाग्नु पर्ने पनि बताए ।
नेपाली काँग्रेस दोदोधरा गाउँसमितिको आयोजनामा बिहीबार भएको गाउँभेला तथा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारी काँग्रेसको काँधमा रहेको बताए ।
‘सर्वप्रथम हामीले स्थानीय निर्वाचन गराउनु पर्छ’ उनले भने– ‘मुलुक अहिले जटिल समस्यामा छ, त्यसैले स्थानीय तहको वा निकायको चुनाव गराउने भन्ने विवादमा अल्झिन हुँदैन ।’ उनले उनले १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आग्रह गरे ।
उनले सविधानले दलित, जनजाति, आदिवासी, महिला सबैका अधिकार सुनिश्चित गरेकाले यसको कार्यान्वयन सबैको जिम्मेवारी भएको चर्चा गरे ।
कार्यक्रममा सांसद बुद्धिसागर चौधरी, पूर्व सांसद मानबहादुर महतो, नेपाली काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, महासमिति सदस्य दलवीर साउँद, नेता कमलबहादुर शाह, फकिरसिंह कडायत, तेजबहादुर विष्ट, क्षेत्रीय सभापति भक्तबहादुर थापा, धिजराज रेग्मी, लम्कीचुहा नगर सभापति रामबहादुर विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार