१३ बैशाख २०८१, बिहीबार

संविधान कार्यान्वयनका लागि निर्वाचन : नेता पोख्रेल



धनगढी । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोख्रेलले संविधान र सङ्घीयता कार्यान्वयन गर्नका लागि तीन वटा निकायको निर्वाचन अनिर्वाय भएको दोहोर्‍याएका छन् ।

सोमबार प्रेस चौतारी नेपाल, कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार  विभिन्न बहाना गरेर चुनावबाट भागिरहेको आरोप लगाए । उनले सरकारले संविधान संशोधन विधेयक फिर्ता लिएर वा यथास्थितिमा राखेर तत्काल चुनावमा जानु पर्ने बताए ।
सरकारले केही दिनभित्र चुनावको मिति घोषणा नगरे एमालले सडक र संसद् मार्फत सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष मीन ठकुरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार