५ जेष्ठ २०८१, शनिबार

प्रहरीमाथि काठ तस्करको आक्रमण



टीकापुर । प्रहरीको गोली लागि पथरैया गाविस–६ का १९ वर्षीय वीरेन्द्र जैसी घाइते भएका छन् । आइतबार राति साढे ८ बजेतिर जैसी प्रहरी चौकी अमरावतिका प्रहरीले चलाएको गोलीबाट घाइते भएका स्थानीयले बताएका छन् ।
घाइते जैसीको बाया कोखामा गोली लागेको छ । उनको कोखामा पेस्तोलको गोली अडकिएको छ । टीकापुर अस्पतालले उनलाई राति १० बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुर रेफर गरेको छ ।
पथरैया–६, भगरैयामा काठ तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको उद्धारका लागि गएको गाउलेको समूहमाथि गोली चलाउ“दा जैसी घाइते भएका बताइएको छ । ‘पथरैयाको भगरैया बडकापुरुवामा काठ तस्करले अमरावति प्रहरी चौकीका इञ्चार्ज र एक जना प्रहरीमाथि आक्रमण गरेपछि प्रहरी जवान हामीलाई गुहार माग्न आए,’ स्थानीय डण्डी जैसीले भने, ‘सहयोग गर्न निस्केको हाम्रो समूह र घाइते चौकी प्रमुखबीच बिचकापुरुवा मुद्दीचौराहामा भेट भयो, घाइते प्रहरी प्रमुखले गोली चलाए हाम्रो मान्छे घाइते भयो ।’
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले तस्करको आक्रमणबाट प्रहरी नायव निरीक्षक बृजलाल अधिकारी घाइते भएका र रातीको समय भएकाले घटनाको पुरै विवरण आउन नसकेको बताए ।
घाइते वीरेन्द्रका आफन्त ताराप्रसाद जैसीले घटना वा षड्यन्त्र के हो छानविन गरी न्याय दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार