१० श्रावण २०८१, बिहीबार

मदन पुरस्कार विजेता जोशीको अभिनन्दन



धनगढी । मदन पुरस्कार विजेता कथाकार रामलाल जोशीको शनिवार धनगढीमा अभिनन्दन गरिएको छ ।
नेपाली लेखक सङ्घले आयोजना गरेको कार्यक्रममा मदन पुरस्कार–२०७२ बाट पुरस्कृत ‘ऐना’ कथासंग्रहका लेखक जोशीलाई बधाई तथा अभिनन्दन गरियो ।
समारोहमा नेपाली काँग्रेसका नेता नारायणदत्त मिश्रले कथाकार जोशीलाई सम्मानपत्र प्रदान गरे । कार्यक्रम सङ्घका जिल्ला अध्यक्ष गणेश नेपालीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा कथाकार जोशीले समाजमा लुकेर रहेका तथा बाहिर नआएका कथाहरूमा कविता लेख्नुपर्ने बताए । ‘अहिले पाठकहरू नयाँ कथा, गजल वा कविता पढ्न चाहन्छन्’ उनले साहित्यकारहरूलाई नयाँ रचनामा लाग्न अनुरोध गरे ।
भावुक हुँदै कथाकार जोशीले मदन पुरस्कारबाट प्राप्त सम्मानलाई जोगाएर राख्ने ठुलो चुनौती रहेको बताए । उनले आफूलाई यस क्षेत्रको साहित्यकार तथा पाठकबाट प्राप्त सम्मान र अभिनन्दनले थप जिम्मेवार बनाएको चर्चा गरे ।
कार्यक्रममा नेता मिश्रले सुदूरपश्चिम कला, संस्कृतिको धनी क्षेत्र भएको र यसको संरक्षण र (बाँकी ३ पेजमा) सम्वद्र्धनका लागि स्थानीय स्रष्टाहरूको अमूल्य योगदान रहेको बताए ।
कार्यक्रममा डोटेली समाजका अध्यक्ष डिल्लीराज पन्तले सुदूरपश्चिमलाई साहित्यको क्षेत्रबाट राष्टिय तहमा चिनाउन कथाकार जोशीको ठुलो योगदान रहेको चर्चा गरे ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घ कैलालीका अध्यक्ष भुपाल खडका, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सुशीला भट्ट (मिश्र), वरिष्ठ पत्रकार मनमोहन स्वाँर, ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्ट, धनगढी उमाविका प्राचार्य लक्ष्मणदत्त भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घकी सदस्य मेघा भट्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सङ्घका सचिव तोयानाथ भट्टले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार