१५ बैशाख २०८१, शनिबार

एमपी कपको तयारी तीव्र



धनगढी । आगामी फागुन ७ गतेदेखि धनगढीमा सुरु हुने एमपी कप प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
प्रतियोगिताका लागि विभिन्न समिति बनाएर काम अघि बढाइएको मूल आयोजक समितिका संयोजक बब्लु चौधरीले शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । ५१ सदस्यीय मूल समितिसंगै विभिन्न उपसमितिहरू बनाई तयारी अघि बढाइएको संयोजक चौधरीले बताए ।
एमपी कपका संरक्षक सांसद पुष्करनाथ ओझाले युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल र उसु खेल समावेश गरिएका छन् । फुटबल, भलिबल र क्रिकेट खेलमा उपमहानगरपालिकाका २० वटै वडाका टिम सहभागी हुने उनले बताए ।
आर्थिक समिति संयोजक योगेश मल्लले प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार