४ जेष्ठ २०८१, शुक्रबार

‘संविधान संशोधन होइन निर्वाचनमा लागौं’



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले समयमै निर्वाचन गराएर संविधान कार्यान्वयन गरेमात्रै देशले निकास पाउने बताएका छन् ।
प्रदेश नम्बर ७ मा पार्टी कार्यक्रम सकेर काठमाडौँ जाने क्रममा बिहीबार गेटा विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उपाध्यक्ष रावलले संविधान कार्यान्वयनका लागि निर्वाचनतिर लाग्नुपर्नेमा सरकार संविधान संशोधन गर्न लागेको र देश टुक्र्याउछु भन्नेलाई पनि कारबाही गर्नबाट चुकेको आरोप लगाए ।
‘संविधान संशोधन नभए निर्वाचन मै जादैनौ भन्ने मधेसी मोर्चालाई नमिलाई चुनाव कसरी हुन्छ ? भन्ने एक प्रश्नमा नेता रावलले भने— त्यसो भए संविधान नै मान्दैनौ भन्नेहरु पनि छन् के संविधान नै नमानौ त ?
सो अवसरमा एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख दलले जारी संविधान कार्यान्वयन गरे मात्र देशले निकास पाउने भएकाले निर्वाचन घोषणा गरेर कानुनहरू बनाउन लाग्नुपर्ने बताए । ‘समयमा चुनाव नभए जोखिम छ’ महासचिव पोखरेलले भने, ‘चुनाव घोषणा भए कानुनहरू फास्ट ट्रयाकबाट एक महिनाभित्रै बनाउन सकिन्छ ।’
बिहीबार काठमाडौँबाट फर्किएका नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टले पनि संविधान संशोधनले आम नेपाली जनताको मनोविज्ञानलाई
नसमेटने भएकाले तत्काल सम्भव नभएको बताए । ‘उत्कृष्ट संविधान कार्यान्वयन नहुदै संशोधन किन चाहियो ?’ नेता भट्टले भने, ‘संशोधन आम मधेसी जनताका लागि वा मधेशविशेषको समुदायको लागि हो भन्ने प्रस्ट नभएकाले तत्काल सम्भव छैन ।’ नेता भट्टले ठुला तीन पार्टी मिलेर मोर्चासंग छलफल गरी निर्वाचनमा जानुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार