१२ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई दुई स्वर्ण



धनगढी । भारतको उत्तर प्रदेशस्थित हाथरस जिल्लामा भएको इन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल तेस्रो भएको छ । प्रतियोगितामा नेपालले दुई स्वर्ण र दुई कास्य पदक जितेर तेस्रो भएको हो ।

नेपालबाट अरुन चौधरी र विकाश विसीले स्वर्ण तथा प्रेम सुनार र लक्ष्मण विसीले कास्य पदक जितेको प्रशिक्षक खुसीराम चौधरीले बताए । प्रतियोगितामा भारतको उत्तर प्रदेश प्रथम तथा महाराष्ट्र दोस्रो भए । विजेताहरू जिल्ला पञ्चायत सदस्य रामेश्वर उपाध्यायले शिल्ड तथा मेडल वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार