८ जेष्ठ २०८१, मंगलवार

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव



धनगढी । कैलालीको बौनियामा हुने बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको तयारी तीव्र बनाइएको छ ।
‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार बौनिया बर्दगोरीया धार्मिक क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सो महोत्सव हुने जनाइएको छ ।
मङ्गलवार बौनियामा गरिएको पत्रकार सम्मेलनमा महोत्सवको करिब ९० प्रतिशत तयारी पुरा भएको जानकारी दिइयो ।
महोत्सव आयोजक समितिका संयोजक रुपक सुनारले महोत्सवमा एक करोड ५० लाख रुपैयाँ बढीको कारोबार हुने बताए ।
बर्दगोरिया महोत्सव बिचका केही वर्ष रोकिएकोमा पुनः निरन्तरता दिने आयोजकले जनाएको छ । आगामी १४ गतेदेखि २३ गतेसम्म महोसव सञ्चालन हुने छ । महोत्सवमा एक सय ५० स्टल स्टल रहने स्टल सयोजक अदल चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार