२२ बैशाख २०८१, शनिबार

अझै केही दिन मौसममा सुधार नहुने



धनगढी । यस वर्ष माघ महिनाभरी नै मौसममा घटबढ भइरहने अनुमान गरिएको छ । कैलालीमा पनि सोमबार दिनभरि मौसम सफा भएकोमा मङ्गलवार दिनभरीजसो कुहिरो र शितलहर चलेको थियो ।
मङ्गलवार धनगढीको तापक्रम न्यूनतम सात डिग्री र अधिकतम १७ दशमलव सात डिग्री थियो । मङ्गलवार सोमबारको भन्दा न्यूनतम तापक्रम बढी भए पनि शितलहर र कुहिरोका कारण बढी जाडो अनुभव भएको थियो । धनगढीमा सोमबार न्यूनतम तापक्रम ६ डिग्री थियो ।
मौसम पुर्वानुमान महाशाखा अत्तरियाका अनुसार धनगढीमा यस वर्ष माघ १ गते तापक्रम सबै भन्दा कम भएको थियो । सो दिन धनगढीको न्यूनतम तापक्रम दुई दशमलव चार डिग्री सेल्सियस रहेको थियो ।
माघ १ गतेदेखि मङ्गलवारसम्म धनगढीमा तापक्रम घटबढ भइरहेको छ । माघ दुई गते न्यूनतम तापक्रम ८ डिग्री रहेको थियो ।
मौसम पुर्वानुमान महाशाखाका मौसम विज्ञान सहायक मणिराम मिश्रले माघ महिनाभरीनै मौसममा घटबढ भइरहने बताए । मङ्गलवार हुस्सुका कारण धनगढीमा हवाई सेवा समेत प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार