२३ बैशाख २०८१, आईतवार

डेल्टा ब्याट्रीको बिक्रीवितरण सुरु



धनगढी । जर्मन टेक्नोलोजीमा निर्मित ट्युवलर प्लेट भएको डेल्टा ई—रिक्सा ब्याट्रीको धनगढीमा बिक्री वितरण सुरु गरिएको छ ।
बतास अर्गनाइजेशन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले सो ब्याट्री बिक्री गर्दै आएको छ । सुदूरपश्चिममा विश्वलक्ष्मी एण्ड हिरा ट्रेड कन्सर्न आधिकारिक बिक्रेता रहेको छ ।
मङ्गलवार धनगढीमा आयोजित एक कार्यक्रममा बतार अर्गनाइजेशनका कन्ट्री म्यानेजर नगेन्द्र खनालले ई—रिक्साका लागि निर्माण गरिएको डेल्टा ई—रिक्सा ब्याट्री एक पटक पुरा चार्ज गर्दा एक सय किलोमिटरभन्दा बढी चल्ने बताए ।
नेपालमै पहिलो पटक भित्रिएको ट्युवलर प्लेट टेक्नोलोजी गुणस्तरीय, टिकाउ र भरपर्दो रहेकोले यो ब्याट्री धनगढीमा भित्रिएपछि ई—रिक्सा चालक तथा व्यावसायीहरु लाभान्वित हुने उनले बताए ।
एक वर्षको वारेण्टी रहेको सो ब्याट्री एक सय २० र एक सय ४० एम्पियर क्षमतामा उपलब्ध छन् । नेपाल भरी एकै किसिमको मूल्य कायम गरिएको एक सय २० एम्पियरको मूल्य १८ हजार र एक सय ४० एम्पियरको मूल्य २२ हजार रुपैयाँ रहेका कन्ट्री म्यानेजर खनालले बताए ।
यही माघ ५ र ६ गते धनगढीको ट्राफिक चौराहामा निःशुल्क ई—रिक्सा तथा ब्याट्रीको चेकजाँच गरिने उद्देश्यले क्याम्प सञ्चालन हुने विश्व लक्ष्मी एण्ड हिरा ट्रेड कन्सर्नका सञ्चालक हरेन्द्रप्रसाद जोशीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष भरत शाहले डेल्टा ब्याट्रीले ई—रिक्सा सञ्चालनमा निकै सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार