३ आश्विन २०८१, बिहीबार

कोरियनद्धारा विद्यालय निरिक्षण



भजनी । भजनी त्रिशक्ति नगरपालिका–३, पगियापसारस्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको पुस्तकालयको ब्यूटीफुल स्टोरकी हाना किमले निरिक्षण गरेकी छिन् ।
ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले सो विद्यालयमा पुस्तकालयको स्थापना गरेको छ । ०७० सालमा स्थापना भएको पुस्तकालयका लागि ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले तीन कोठे भवन बनाउनुका साथै डेस्कटप कम्प्युटर थान सात, ल्यापटप पाच, ब्याट्री ब्याकप, इन्टरनेटको व्यवस्था, पाच हजार बढी पुस्तक, फर्निचर तथा कक्षा एकदेखी पाचसम्मका बिद्यार्थीहरुलाईलाई झोलासमेत सहयोग गरेको फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले बताए ।
ब्यूटीफुल स्टोरको सहयोगमै फाया नेपालले कनरा निमावि कुडी तथा सरस्वती निमावि मनहेरालाई पुस्तकालय सञ्चालनका लागि सबै सहयोग गरेको बस्नेतले बताए । पुस्तकालयको निरिक्षण गर्दै हाना किमले व्यवस्थित तरिकाले सञ्चालन गरेको जिकीर गरिन् । पहिलेदेखि सुनेकी थिए हानाले भनिन् देख्नपाए खुसी लाग्यो ।
यसै गरी, महेन्द्र माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । प्रतियोगिताका विजेतलाई ब्यूटीफुल स्टोरकी हाना किमले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार