२ जेष्ठ २०८१, बुधबार

‘हाम्रो ओढ्ने नाति ओढ्छन्, हामी नयाँ’



सामाग्री वितरण

कैलाली । धनगढी उपमहानगरपालिका—१५ (साविक उर्मा गाविस) का ७५ वर्षीया ठगनीदेवी सार्की कठ्यांग्रीदो जाडोमा बाक्लो कम्बलसहित न्यानो सामग्री पाएपछि मख्ख परिन् । ‘जाडो आगोकै सहारा थियो’ कम्बल बोक्दै उनले भनिन्— अब हाम्रो ओढ्ने नाति ओढ्छन्, हामी चाही नयाँ“ ।
उनीसंगै तुलसीदेवी सार्की (८०) पनि कम्बल लगायत न्यानो सामग्री पाएपछि खुसी थिइन् । ‘हामी जस्ता बुढाबुढीलाई कसैले यस्तो जाडोमा कम्बल आदि देलान् भन्ने सोचेका पनि थिएनौ’ उनले भनिन्— दाताको भलो होस् ।


उर्मामा न्यानो सामग्री पाएका सबै जेष्ठ नागरिक खुसी थिए । एक घण्टा बढी पैदल यात्रा गरेर कम्वलसहितका न्यानो सामग्री लिन आएका धनगढी उपमहानगरपालिका—१७, पथरीका ७६ वर्षीय बलुराम चौधरीले नयाँ कम्वल पाएपछि भने— सात वर्षदेखि पुरानो ओढेर काम चलाइरहेको थिए, अब यो नयाँ पाएपछि धेरै वर्ष टिक्छ होला ।
‘हामी बाँच्यौं भने अवश्य जेष्ठ नागरिक हुन्छौं, त्यसैले यो सवाल मेरो पनि हो र तपाईँको पनि’ भन्ने नाराका साथ हेल्प एज इन्टरनेशनलको सहयोगमा फाया नेपालद्वारा धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७ का ९० जना जेष्ठ नागरिकलाई न्यानो सामग्री वितरण गरिएको थियो ।
जेष्ठ नागरिक समूह उर्माको व्यवस्थापनमा उनीहरू सबैलाई कम्वल, उनी टोपी, पन्जा र मोजा वितरण गरिएको थियो ।
फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले कैलालीको चौमाला, फूलवारी, गेटा, उर्मा र बर्दियाको ६ ठाउँमा न्यानो सामग्री वितरण भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार