१० श्रावण २०८१, बिहीबार

शुभकामना कार्यक्रम



बौनिया । कैलाली सडकपुर बौनियामा माघीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रम बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका भलमन्साहरूका संयोजक भोजु डगौरा प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा व्यवस्थापन समितिका सचिव चेतराज भट्ट, मुडा बजार विकास समितिका अध्यक्ष भक्तराज आचार्य, नागरिक अगुवा खेमराज भट्ट, कैलाली होटेल व्यवसायी सङ्घका सदस्य टेकबहादुर थापा, पहलमान चौधरी, सावित्रा सापकोटा, भलमन्सा डम्बर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बजार व्यवस्थापन समितिका महासचिव दिनेश भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा राजनीतिक दल, संघसंस्था, भलभन्सा समेत ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार