१० श्रावण २०८१, बिहीबार

अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको समिति विस्तार



धनगढी  ।  विश्वभरि छरिएर रहेका सुदूरपश्चिमेलीलाई एक ठाउँमा ल्याउन अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको समिति विस्तार गरिएको छ । आइतबार बसेको समाजको बैठकले जापानमा कार्यरत भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति विस्तार गरेको छ । जसको उपसंयोजकमा लोकेन्द्र बम, सदस्य सचिव अमृत शाही रहेका छन् ।
कोरियाबाट कमल शाही, जापानबाट आशिष् रावल, युएइ लक्ष्मण अधिकारी, मलेसिया महेश राज भट्ट, बहराइन शेरबहादुर रावत, पोर्चुगल धिर्ग मल्ल, कुबेत अमर खडका, अस्ट्रेलिया महेश भण्डारी, क्यानडा चक्र बलायर, कतार धनबहादुर बलायर, डेनमार्क कविता विष्ट, युएस रमेश भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमि शाही र गीता नेपाली सदस्यमा चयन भएका छन् ।
त्यस्तै, समाजमा युएईबाट चेतन थापा, जापानबाट पूर्ण चलाउने, कोरियाबाट धर्मराज जोशी, मलेसियाबाट प्रकाशदेव भट्ट, अस्टे«लियाबाट केशव जोशी, क्यान्डाबाट जगदिस भट्ट, बहराईनबाट उमेस जोशी, मकाउबाट सोनु पन्थी, डेनमार्कबाट खेम जोशी अध्यक्षमा मनोनीत गरिएको छ ।
पोर्चुगल सहित अन्य देशका अध्यक्षहरूलाई पछि थप्ने गरी २५ सदस्य आइतबार मनोनीत गरिएको र बाँकी १० सदस्य देशबाट प्रतिनिधित्व रहने गरी पहिलो तदर्थ समितिको बैठकले मनोनीत गर्ने संयोजक नेगीले जानकारी दिए ।
नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, व्यापार, व्यवसाय र वैदेशिक रोजगारीको सिलसिलामा विश्वभरि छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाइचारा एवं एकताको सूत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरूमा तथा गरिब असहायहरूलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्य रहेको संयोजक नेगीले बताए ।
समाजले सुदूरपश्चिमको पर्यटन तथा प्रवद्र्धनको प्रचारप्रसार गरी शिक्षा, स्वास्थ बेरोजगारीका आधारभूत कुराहरूको विकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका व्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा विरुद्ध जनचेतना जगाउने हेतुले छाता सङ्गठनका रूपमा विस्तार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार