१३ बैशाख २०८१, बिहीबार

भादा महोत्सव शुरु



उर्मा  (कैलाली)  ।  कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आइतबारबाट थारू होमस्टे गाउँ भादा महोत्सव–२०७३ शुरु भएको छ ।
महोत्सवको एक समारोहबीच नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले उद्घाटन गरे ।
महोत्सव उद्घाटन गर्दै थापाले थारू समुदायको स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागि सामुदायिक भवन बनाउने प्रतिबद्धता गरे । उनले थारू समुदायका भेषभुषाको प्रचारप्रसार गर्न सके अन्तरिक तथा बाह्य पर्यटकहरू पढ्ने बताए ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका थापाले भादाको प्रचार गर्न वेबसाइट बनाउनु पर्नेमा जोड दिए ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सवले गति लिन नसेकेको प्रति चाँसो व्यक्त गर्दै थापाले आफूले थारू समुदायको परम्पराको संरक्षण तथा प्रवद्र्धनको लागि राज्यलाई दबाब दिने बताए । थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत शाह, नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय उपाध्यक्ष जुहारीलाल चौधरी र नाटा सुदूरपश्चिमका उपाध्यक्ष पर्मानन्द भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउद, थारू विद्यार्थी समाजका ठाकुरप्रसाद करियाप्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
थारू समुदायको कलासंस्कृति, भेषभूषा, खानपिन रहनसहन संरक्षण तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सो महोत्सव आयोजना गरिएको आयोजक समिति संयोजक चौधरीले बताए ।
२०६७ देखि शुरु भएको भादा होमस्टेमा हाल १९ वटा घर समेटिएका छन् । व्यवस्थापन समितिका अध्यक्ष चौधरीका अनुसार हालसम्म होमस्टेमा आन्तरिक तथा बाह्य गरी ३८ हजार बढी पर्यटकले अवलोकन गरिसकेका छन् ।
महोत्सवमा थारू समुदायको मौलिक सखिया, झुम्रा, मघौटा, मुंग्रहवा, हुर्दङ्गवा लगायतका नृत्य प्रस्तुत गरिएका थिए ।
महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । व्यवस्थापन समिति संयोजक चौधरीका अनुसार महोत्सवमा ४२ वटा स्टल रहेका छन् । महोत्सवमा थारु परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोंघी, सुतही लगायत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार