१३ बैशाख २०८१, बिहीबार

ममताको उपचारका लागि थप ५१ हजार संकलन



धनगढी । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममता बोहराको उपचारका लागि थप सहयोग संकलन भइरहेको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका अनुसार सोमबार मात्र ५१ हजार पाँच सय ९० रुपैयाँ संकलन भएको छ ।
यस क्रममा नेपाल पत्रकार महासंघ डोटीद्वारा संकलित ४४ हजार सात सय ५० रुपैयाँ डोटीका अध्यक्ष मीन बमले महासंघका केन्द्रीय सदस्य

यस्ना शर्मा
यस्ना शर्मा

तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलाई हस्तान्तरण गरे ।
सो अवसरमा महासंघ कैलालीका अध्यक्ष भरत शाह र डोटीका केन्द्रीय पार्षद पुष्पराज जोशी लगायतको उपस्थिति थियो । महासंघ डोटीले आफ्नो तर्फबाट १० हजार र बाँकी रकम पत्रकार, सरकारी कर्मचारी, गैरसरकारी क्षेत्रका व्यक्तिहरूका साथै व्यवसायीहरूले स्वतफूर्तरूपमा दिएको रकम संकलन गरेको हो ।
४४ हजार सात सय ५० रुपैयाँमध्येमै महासंघका केन्द्रीय पार्षद तथा नागरिक दैनिकको पश्चिमेली सम्पादन समूहका पुष्पराज जोशीले पनि एक हजार रुपैयाँ सोमबार नै हस्तान्तरण गरेका थिए ।
सोमबार नै ममताको उपचारका लागि हाल यूएई बस्ने काठमाडांै थानकोटकी यस्ना शर्माले पाँच हजार सात सय ४० रुपैयाँ पठाएकी छन् । कैलालीको बौनियाका पत्रकार लक्ष्मी जैंसीले पनि एक हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको महासंघले जनाएको छ ।
फेसबुकबाट ममता उपचार सहयोग अभियान चलाएपछि अहिलेसम्म तीन लाख ५० हजार रकम संकलन भइसकेको महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक शाहले बताए ।
पत्रकार कर्ण बोहराको पत्नी ममताको उपचारका क्रममा मंसिर १० गते काठमाडौंको भेनस अस्पतालमा आकस्मिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार