१२ श्रावण २०८१, शनिबार

सातौं राष्ट्रिय खेलकुदमा सुप सातौं स्थानमा



विराटनगर  ।  पुर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले राम्रो प्रदर्शन गर्न सकेको छैन । सोमवारसम्मको नतिजाअनुसार सुदूरपश्चिम अंक तालिकाको सातौं  स्थानमा रहेको छ ।

सुपले अहिलेसम्म दुई स्वर्ण ५ रजत र १८ कास्य पदक गरी २५ पदक जितेको छ । सोमबार सुपले उसुवाट ६ वटा कास्य पदक पाएको छ भने ५ जना फाईनल प्रवेश गरेका छन् । थाउलो तर्फ कान्छी खेलाडी असिमा खाती र सम्झना चौधरीले पदक जित्दा प्रतिस्पर्धामा ४८ किलोमा टेक श्रीमाल ५६ किलोमा जीवन रोक्का मगर ६० किलोमा बालकृष्ण चौधरी र ६५ किलोमा नरेश सिंहले कास्य पदक जिते । ४८ किलोमा एलिना चौधरी ५२ किलोमा निशा विक ५६ किलोमा रीता ठकुल्ला र ६० किलोमा मनिषा रावत महिलातर्फ तथा ७५ किलोमा कालुसिंह पार्की पुरुषतर्फ फाईनलमा पुगेका हुन् ।
कराँतेमा सुपले अर्को रजत पदक पाएको छ । सुदूरपश्चिमका मोहमद शेखु आलमले ६७ किलोमा रजत पदक पाएका हुन भने ५५ किलोमा गणेश विकले कास्य पदक पाएका छन् । एथलेटिक्स अन्तर्गतको त्रिपल जम्पमा प्रविन पाल र ८ सय मिटर दौडमा सीमा चौधरीले तेस्रो हुँदै अंक तालिकामा कास्य पदक थपिन् । खो–खोमा पनि महिला तथा पुरुषतर्फ सुपले कास्य पदक पायो । महिलामा मध्यमाञ्चल तथा पुरुषमा पुर्वाञ्चलाई हराएर सुपले कास्य पदक पाएको हो । कवड्डीमा महिलातर्फ सुपको टीम सेमिफाईनलमा गएको छ ।
भारात्तोलनमा ८५ किलोमा विशाल विष्टले रजत पदक जिते । ४८ किलोम कञ्चन चौधरी र ५६ किलोमा रविलाल चौधरीले कास्य पदक हात पारे । सफ्ट टेनिसमा पनि सुपले २ रजत पदक जोडीमा रमेश पाण्डेय र विनोद श्रीमाल तथा रोमियो शाही र अशोक शाहीको जोडीले कास्य पदक जितेका हुन् । सोही खेलमा टीम ईभेन्टमा कास्य पदक प्राप्त भएको छ । आरती ओझा, भावना पनेरू, पूजा श्रेष्ठ, सिसम चन्द र अस्मिता श्रेष्ठको टीमले तेस्रो स्थान पाएको हो ।
भलिवल क्रिकेट लगायतका समुहका खेलमा खेलाडीहरुको तालमेल नमिल्दा अधिकांश खेलमा सुपले हार व्यहोरिरहेको छ । विभिन्न किसिमका राजनीतिका कारण खेलाडी प्रशिक्षक तथा व्यवस्थापक बीचमा वादविवाद र दैनिक रूपमा झै झगडा हुँदै आएका छन् । जसको प्रभाव खेलाडीहरूको प्रदर्शनमा प्रष्टरूपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार