११ श्रावण २०८१, शुक्रबार

पदक जित्ने सुपका खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा



केन्द्रीय सदस्य एकिन्द्र कुँवर

विराटनगर । सातांै राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रूपमा नगद पुरस्कार घोषणा गरेका हुन् ।
स्वर्ण पदक जित्नेलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद ५ हजार र कास्य पदक जित्नेलाई नगद ३ हजार रुपैयाँ पुरस्कार दिईने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए । खेलाडीहरूको हौसला बढाउन र उनीहरूलाई उत्प्रेरणा दिनका लागि व्यक्तिगत रूपमा नगद पुरस्कार दिन लागेको कुँवरको भनाई छ । नगद पुरस्कार घोषणा भएपछि खेलाडीहरू हर्षित भएका छन् । उनीहरू पदक जित्नका लागि कडा रूपमा विपक्षीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
छैटांै राष्ट्रिय खेलकुदमा केही खेलहरूमा नगद पुरस्कार घोषणा गरिएका कारण सुपले स्वर्ण पदक जितेको घटना ताजै रहेको अवस्थामा सवै पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कार घोषणा गरिएको भने पहिलो पटक हो । केन्द्रीय सदस्य कुँवरले सवैले आफ्नो क्षेत्रवाट खेलाडीहरूलाई हौसला बढाउनका लागि सहयोग गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार