८ जेष्ठ २०८१, मंगलवार

पत्रकार रावलद्वारा ममतालाई पाँच हजार सहयोग



धनगढी ।  स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि एभीन्यूज टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख हिक्मत रावलले पाँच हजार सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत रहेका रावलले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समिति मार्फत शुक्रबार ममतालाई सहयोग दिएका हुन् । ममताको उपचारका लागि एभीन्यूज टेलिभिजनका धनगढीका क्यामेराम्यान विवेक नागरीले पनि एक हजार एक सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
ममताको उपचारका खर्च जुटाउन महासंघ केन्द्र र सुदूरपश्चिम क्षेत्रीय समितिले सहयोगका लागि अपिल गरेको थियो । केन्द्रीय कार्यालयले ममताको उपचारमा सहयोग गर्न आव्हान गर्दे बैंक खाता सञ्चालनमा ल्याएको छ भने सुदूरपश्चिम क्षेत्रीय समितिले फेसबुक अभियानबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्दे आएको छ ।

पत्रकार रावल

महासंघका  केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले फेसबुक अभियानबाट अहिलेसम्म तीन लाख रुपैयाँ उठाइसकेको जनाएका छन् । उनले केही दिनमै सवै सहयोगीहरुको नाम सार्वजनिक गर्ने वताएका छन् । ममताको उपचारका लागि धनगढी, महेन्द्रनगर, डोटी लगायतका जिल्लाका साथसाथै विदेशमा रहेका नेपालीले समेत सहयोग अभियान सञ्चालन गर्दे आएका छन् ।
मृगौला रोगबाट पीडित पत्नी ममताको उपचारमा रहेका पत्रकार बोहराको मंसिर १० गते काठमाडौंको मध्यवानेश्वरस्थित भेनस अस्पतालमा अकस्मात निधन भएको थियो । बोहराको निधनपछि पनि ममताको सोही अस्पतालमा उपचार भइरहेको छ । ममताको केही दिन अघि पत्रकार महासंघ र आफन्तको पहलमा नेपाली नागरिकता पनि बनाइएको छ ।

सम्बन्धित समाचारहरू 

ममताले नागरिकता पाइन्
ममताको उपचारका लागि थप सहयोग जुट्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार