१० श्रावण २०८१, बिहीबार

बालमैत्री कक्षाको जिशिअद्वारा अनुगमन



फाइल फोटो

डडेल्धुरा । डडेल्धुराका प्राथमिक विद्यालयहरूमा सचांलनमा रहेका बालमैत्री कक्षाहरूलाई जिल्ला शिक्षा अधिकारीले अनुगमन निरिक्षण गरेका छन् ।
प्राथमिक विद्यालयहरू बालमैत्री वतावरणमा कक्षाकोठा व्यवस्थित गरी अध्यापन गराउनु पर्ने भए पनि जिल्लाका धेरै विद्यालयहरू कक्षाकोठाको अभाव र कक्षामा आवश्यक पर्ने कार्पेट जुटाउन नसकिए पनि शिक्षकहरू बालमैत्री वतावरणमा विद्यार्थीको ईच्छा र रुचीमा आधार भएर शिक्षण गरिरहेको जिशिअ वसन्तकुमार खत्रीले बताए ।
बुधवार गांखेत गाविसको चित्रकुट प्रावि लामिचौर र आलिताल गाविसको कालिका प्रावि घरेलुमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा तथा विश्व शिक्षाको संयुक्त साझेदारीमा सचांलित प्रारम्भिक तह पढाई सीप विकास कार्यक्रमको आयोजनामा गरिएको अनुगमनमा उनले शिक्षक बालमैत्री रहेको बताए ।
विद्यालयहरूका कक्षाकोठामा कार्पेट, शैक्षिक सामग्री तथा खेलविधिका माध्यबाट कक्षा सञ्चालन भइरहेको आलिताल स्रोत केन्द्रका स्रोत व्यक्ति शेरबहादुर साउँदले बताए । नमुनाको रूपमा गरिएको अनुगमन निरिक्षणले विद्यालयलाई वालमैत्री वतावरणलाई दिगो वनाउन र पढाई स्तरलाई समेत सुधार आउने सरोकार वालाहरूको भनाई रहेको छ ।
जिल्ला स्थित दुई सय ४९ विद्यालयहरूमा वालमैत्री विधिद्वारा अध्यापन भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार