१० श्रावण २०८१, बिहीबार

मानवअधिकार निगरानी समूह गठन



66th-international-human-rights-day-by-amnesty-international-nepal-youth-network२०७३ पुस २, धनगढी । कैलालीको गोदावरी गाविसमा मानवअधिकार निगरानी समूह गठन भएको छ । शुक्रवार एक कार्यक्रममा १० सदस्यीय निगरानी समूह गठन गरिएको जनाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रम इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँ“ विकास समिति, राजनीतिक दल, संघसंस्था, सरकारी कार्यालयका प्रतिनिधि, अधिकारकर्मी, सुरक्षाकर्मी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक जोशी, गाविस सचिव देवराज शर्मा, प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार