१० श्रावण २०८१, बिहीबार

छ लेन सडक निर्माण प्रक्रिया अघि बढ्यो



7980_3494858_img_00_0005_max_656x437धनगढी
बहुप्रतिक्षित धनगढी–अत्तरिया छ लेन सडक निर्माण प्रक्रिया अघि बढेको छ । बिहीबार धनगढीमा सो सडक आयोजनाको कार्यालय उद्घाटनसंगै निर्माण प्रक्रिया अघि बढेको बताइएको छ ।
मोहना पुल–अत्तरिया छ लेन सडक निर्माण आयोजना कार्यालयको बिहीबार एक कार्यक्रमबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरे ।
आयोजना कार्यालय उद्घाटनसंगै

सडक निर्माणका लागि टेण्डरलगायत अन्य प्रक्रिया अघि बढाइने बताइएको छ । आयोजना प्रमुख नविनमान श्रेष्ठले सडकको ‘डिजाइन’ तयार भइसकेको बताए । ‘अहिले डिजाइन नमिलेको ठाउँमा सामान्य हेरफेर, सुधार गर्ने काम भइरहेको छ’ उनले डिजाइन ‘रिभ्यू’ भइरहेको बताए ।
सो सडकको लम्वाई १४ दशमलव सात किलोमिटर रहेको छ । आयोजना प्रमुख श्रेष्ठले १०/१२ दिनभित्रै सो सडक निर्माणका लागि टेण्डर आश्वान हुने बताए ।
बहुवर्षे योजना अन्तरगतको सो छ लेन सडक निर्माणका लागि दुई अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना प्रमुख श्रेष्ठले सडक विस्तारका क्रममा दिनुपर्ने मुआब्जा, विद्युत तथा टेलिफोनका तार, खानेपानीको पाईप र अप्टिकल फाईवर सार्नुपर्ने लगायतका काम थनिे हुँदा लागतमा वृद्धि हुनसक्ने बताए ।
‘सडक विस्तारका क्रममा कति जग्गा अधिग्रहण हुने, विद्युत, टेलिफोनका कति पोल हटाउनुपर्ने भन्ने एकिन तथ्याङ्क आउन बाँकी छ’ उनले यी सबैको पूर्ण विवरण केही दिनमा नै प्राप्त हुने बताए । मोहना पुल–अत्तरिया छ लेन सडकमा तीन वटा पुल निर्माण हुने छन् ।
मोहना पुल–अत्तरिया छ लेन सडक आयोजनामा एक जना आयोजना प्रमुख, दुई जना इन्जियिनर, दुई जना ओभरसियर र अन्य प्रशासनिक कर्मचारीको दरबन्दी कायम गरिएको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले बताए ।
व्यस्त रहने धनगढी–अत्तरिया सडक छ लेनको बनेपछि आवागमनमा निकै सहजता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार