३ आश्विन २०८१, बिहीबार

डेढ हजार हेक्टर बढीमा सिंचाईं सुविधा



अनुमोदन समाचार/धनगढी
कैलालीमा सामुदायिक सिंचाईं आयोजना (सिआईपी) बाट हालसम्म डेढ हजार बढी हेक्टर जमिनमा सिंचाईं सुविधा पुगेको छ । tarkari
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा जिल्ला प्राविधिक कार्यालयबाट सञ्चालित सो कार्यक्रमबाट हालसम्म एक हजार छ सय ३० हेक्टर जमिनमा सिचाईं सुविधा पुगेको छ ।
सिआइपीअन्तर्गत कैलालीमा ५७ वटा सिंचाईं उपआयोजनाबाट दुई हजार नौ सय २३ हेक्टर जमिनमा सिंचाईं सुविधा पु¥याउने लक्ष्य रहेको बताइएको छ ।
आयोजनाका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्ममा ५७ वटा उपआयोजनामध्ये २१ वटा निर्माण पुरा भएका छन् । त्यस्तै, निर्माणाधीन ३६ उपआयोजनाबाट एक हजार दुई सय ९३ हेक्टर जग्गामा सिंचाईं पु¥याइने छ ।
कैलालीका १५ गाउँ विकास समिति र तीन नगरपालिकामा २०६७ सालदेखि सञ्चालित सो आयोजनाबाट कृषिमा सुधार र सिंचाईं सुविधा पु¥याउने लक्ष्य रहेको छ ।
जिल्ला प्राविधिक कार्यालय, कैलालीका इन्जिनियर मनिष अर्यालका अनुसार सो आयोजनाको कुल लागत १० करोड १३ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्ष २०७३/०७४ को प्रथम चौमासिकअन्तर्गत एक करोड ८९ लाख रुपैयाँ विनियोजन भएकोमा २५ लाख ८८ हजार रुपैया“ खर्च भइसकेको छ ।
आयोजनाले सिंचाईंको सुविधासंगै कृषि प्रणालीमा सुधार ल्याउन कृषक पाठशाला, बाली सघनता, क्षमता अभिवृद्धि, कृषि सम्बन्धी तालिम, संस्थागत विकास र समावेशीकरण लगायतका क्रियाकलाप पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार