१५ भदौ २०८३, सोमबार

मृतकको संख्या ९३९ पुग्यो, अझै ३ हजार ९२५ बेपत्ता



काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि देशका विभिन्न जिल्लामा फेला परेका शवको संख्या ९३९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्मको विवरणमा बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु हुनेको संख्या ९३९ पुगेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २७९ शव फेला परेका छन्। त्यसपछि पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ शव फेला परेका छन्।

बाढीबाट ठूलो मानवीय क्षति बेहोरेका जिल्लाहरूमा खोज तथा उद्धारको काम जारी रहे पनि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन्। प्राधिकरणको पछिल्लो विवरणअनुसार ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्।

यसैगरी बाढीमा परी घाइते हुनेको संख्या २७९ पुगेको छ। घाइतेमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी रहेको प्राधिकरणले जनाएको छ।

विपद्को समयमा नेपाली सेनाले समेत स्वास्थ्य उपचारमा सक्रियता बढाएको छ। प्राधिकरणका अनुसार नेपाली सेनाले हालसम्म हजार ७०० जनाको उपचार गरिसकेको छ।

बाढीपछि प्रभावित जिल्लामा खोज तथा उद्धारसँगै घाइतेको उपचार, शव व्यवस्थापन र सम्पर्कविहीनको खोजीलाई प्राथमिकतामा राखिएको छ। मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार