१५ भदौ २०८३, सोमबार

रसुवा बाढीपीडितका लागि धनगढी उपमहानगरपालिकाले पठायो ४१ लाख ११ हजार



धनगढी/ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि धनगढी उपमहानगरपालिकाले ४१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै उपमहानगरपालिकाको तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्।

उपमहानगरपालिकाले बाढीबाट भएको क्षतिको पुनःस्थापना तथा प्रभावित नागरिकको राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ४१ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको पत्रमा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै आफ्नो तर्फबाट उक्त रकम उपलब्ध गराएको हो।

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति, संस्था तथा स्थानीय तहबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार