रसुवा बाढी अपडेट : आठ जिल्लाबाट शव बरामद, मर्नेको संख्या ४६९ पुग्यो
काठमाडौं/ रसुवामा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा विपद्जन्य घटनापछि आठ जिल्लाबाट ४६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै १७८ जनाको शव बरामद भएको छ। त्यस्तै नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षाकर्मीले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका छन्। बाढी र पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी तथा थप शवको पहिचान गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।




