सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेकपाबाट मन्त्री तथा राज्यमन्त्री बनेकाहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
नवनियुक्त प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओमविक्रम भाट ‘सरल’ले भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम चौधरीले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै इन्दिरा गिरी र जानकी पौडेल कुँवरलाई राज्यमन्त्री नियुक्त गरिएको छ । उनीहरूले पनि शुक्रबार नै शपथ लिएका छन् ।
मन्त्री तथा राज्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् थप विस्तार भएको हो ।
नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वको सरकारले यसअघि एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।




