२ भदौ २०८३, मंगलबार

पत्रकार श्रेष्ठलाई पक्राउ गर्न अदालतको अस्वीकार



काठमाडौं/ ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि त्यसकै आधारमा ललितपुर प्रहरीले अदालतसमक्ष पक्राउ अनुमति मागेको थियो। तर अदालतले पक्राउ अनुमति नदिएको हो।

यसैबीच श्रेष्ठले मंगलबार उच्च अदालतमा निषेधाज्ञाको निवेदनसमेत दर्ता गरेका छन्। निवेदनमार्फत उनले आफूलाई पक्राउ तथा धरपकड नगर्न र आफ्ना सञ्चार उपकरण बरामद नगर्न आदेश जारी गर्न माग गरेका छन्।

श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि हिरासतबाट रिहा भएका थिए। रिहा भएको भोलिपल्टै उनीविरुद्ध पुनः पक्राउ अनुमति मागिएपछि घटनाले थप कानुनी तथा प्रेस स्वतन्त्रताको बहस निम्त्याएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार