२५ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं / प्रधानमन्त्री बालेन शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट प्रधानमन्त्री शाह र राजदूत झाङबीच छलफल जारी रहेको हो ।

भेटवार्तामा नेपाल–चीन सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भइरहेको बताइएको छ । भेटवार्ताको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए । भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले आज पहिलो पटक राजदूतहरुलाई एक्लाएक्लै भेट्न थालेका हुन । यसअघि नेपालमा रहेका विभिन्न देशका राजदूतलाई सामूहिकरुपमा भेटेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार