काठमाडौंमा वल्ड स्केट र्याली सम्पन्न
काठमाडौं / आज जुन २१ अर्थात असार ७ अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा विश्व स्केट दिवस भब्यताका साथ सम्पन्न भएको छ
नेपाल स्केटिङ्ग खेलको लागि नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनको आयोजनामा खेलाडीहरु तथा अफिसियलहरुले नेपाली संस्कृति झल्कने राष्ट्रिय पोशाक लगाई स्केटबोर्डिङ्गमा दौडिएर मनाएका हुन् ।
धुम्बाराही चोकबाट सूरु भएको र्याली महाराजगंज चोकमा पुगि विसर्जन भएको थियो । र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोेक रत्न बज्राचार्यले गरे। कार्यक्रममा प्रमुख प्रशिक्षक दिलिपराज बराल, एसोसियसनका उपाध्यक्ष जाग्रत पहाडी तथा महासचिव सत्य थापाले मन्तव्य राखेका थिए ।
स्केटिङ्ग खेलको लागि नेपालमा नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनले विभिन्न खेल तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ ।




