१८ फाल्गुन २०८२, सोमबार

नशालु नभन




नशालु नभन, मलाई पखाल्न देउ पीरहरु शरावले ।
जलाई यसले सकिदिन्छ जल्न नसकेका मनहरुलाई ।।

शराबी नभन मलाई कठीन छ तिमीलाई बुझाउन ।
मिठासको आभास छ तितो शराबको प्यालामा ।।

हरक्षण म अनुत्तरित  छु तिम्रो मौनताको  प्रश्नहरुमा ।
भुल्न खोज्छु बिगतहरु आइदिन्छ मनको आगनमा ।।

म सँधै हराएको हुन्छु लजालु तिम्रो नयनहरुमा ।
डराई , म कतै लुक्न खोज्छु तिम्रो हृदयको एक कुनामा ।।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार