दुई बालबालिका चिन्ह अङ्कित आयोडिन नूनको मात्र प्रयोग गरौँ

तेजबहादुर कुँवर
प्रबन्धक
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, प्रादेशिक कार्यालय धनगढी
सुदूरपश्चिमको धनगढीमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सबैभन्दा पहिला स्थापना भएको हो । धनगढीमा कार्यालय स्थापना भएपछि सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा नूनको बिक्री वितरण गरिरहेको छ । नेपाल सरकारको कार्यक्रम अनुरूप आयोडिन बारेमा जानकारी गराउन हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाको रूपमा मनाउँदै आइरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिन नूनको प्रयोग बढाउन नेपाल सरकारको कार्यक्रम अन्तर्गत आम उपभोक्ताहरूमा जनचेतना वृद्धि गर्न फेब्रुअरीलाई आयोडिन महिनाको रूपमा मनाउँदै आएको छ । यस अन्तर्गत विभिन्न विद्यालय, हाटबजार लगायतका ठाउँमा सचेतना , सार्वजनिक स्थलमा प्रचारप्रसार लगायत कार्यक्रम गर्दै आएको छ । यसै बारेमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेजबहादुर कुँवरसँग को संक्षिप्त कुराकानी ।
नूनको महिना भनेर फेब्रुअरीलाई किन चिनिन्छ ?
नेपाल भारत खुल्ला सिमानाका कारण नेपालमा गुणस्तरहीन नून भित्रिने र आम जनताहरूमा आयोडिन नूनको बारेमा महत्त्व थाहा नहुँदा सचेतना फैलाउन फेब्रुअरी महिनालाई आयोडिन महिनाको रूपमा मनाउँदै आएको हो । नेपाल सरकारको कार्यक्रम अन्र्तगत साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड विद्यालय, शिक्षक–शिक्षिकालगायत सार्वजनिक ठाउँहरूमा जनचेतनाका कार्यक्रम गरेर आम मानिसहरूलाई सचेतना कार्यक्रमहरू गर्दै आएको छ । कार्यालयले गरेका विभिन्न कार्यक्रमले गर्दा आम उपभोक्ताहरूमा जनचेतनाको स्तर बढेको छ भने नूनको बिक्री पनि बढेको छ ।
आयोडिन नूनबारे सचेतना बढाउन के प्रयास भइरहेका छन् ?
साल्ट टे«डिङ कर्पोरेसन लिमिटले आयोडिन नूनका बारेमा जनचेतना बढाउन विद्यालय, सार्वजनिक स्थलहरू,सरकारी निकायसँग विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । विद्यालयमा गएर आयोडिन नूनको महत्त्व बारेमा जानकारी गराउनुका साथै कार्यालयमा बिद्यार्थीहरु ल्याएर प्रयोगात्मक रूपमा आयोडिनका बारेमा जानकारी गराउने । हाटबजार र मेलहरूमा आयोडिनको बारेमा माइकिङ र पर्चा वितरण गर्ने । साथै स्वास्थ्य कार्यालय सँग संयुक्त कार्यक्रमहरू गर्ने गरेका छौ । साथै महिला स्वयमसेबीकहरुले पनि गाउँघरमा आयोडिन नूनका प्रयोग गर्न आमजनताहरूलाई प्रेरित गर्ने गरेका छन् । सचेतनाका कामहरू निरन्तर हरेका वर्ष हुँदै आइरहेका छन ।
३ सुदूरपश्चिम प्रदेशमा आयोडिन नूनको प्रयोगको अवस्था कस्तो छ ?
सुदूरपश्चिममा आयोडिन नूनको प्रयोग निकै बढेको छ । विगतमा जनचेतका कारण थारै मात्रा आयोडिन नूनको प्रयोग गरिन्थ्यो भने अहिले यस प्रदेशमा नून प्रयोग गर्नेको सङ्ख्या शतप्रतिशत नै पुगेको छ । कार्यालय, डिपो र बिक्री गरी प्रदेश भरीका ३७ स्थानबाट स्वयम व्यक्ति वा व्यापारीमार्फत आम उपभोक्ताहरूले आयोडिन नून किनेर प्रयोग गरिरहेका छन् । सरकार र साल्ट ट्रडिङको संयुक्त प्रयासले उपभोक्ताहरूको सङ्ख्या बढ्दै गइरहेको छ । आम उपभोत्ताहरु जागरुप भएपछि खुल्ला सीमाबाट आउने अवैध नून पूर्णरूपमा बन्द भएको छ ।
दुर्गम क्षेत्रमा नूनको पहुँच कस्तो छ ?
नेपाल सरकारले देशभरिका दुर्गम २२ जिल्लमा अनुदान दिएर नूनको आपूर्ति गरिरहेको छ । सुदूरपश्चिम प्रदेशका अछाम,बाजरा,बझाङ र दार्चुलामा नेपाल सरकारले नूनमा अनुदान दिएको छ । अनुदान दिएका जिल्लामा यस कार्यालयले प्रति प्याकेट नौ रुपैयमा आम उपभोक्ताहरूलाई बिक्रिबितरण हुँदै आएको छ । यस प्रदेशमा सम्पूर्ण ठाउँमा नूनको पहुँच पुगेको छ । दुर्गम ठाउँहरूमा पनि बिक्री केन्द्र राखेर नूनको आपूर्ति भइरहेको छ । आम उपभोक्ताहरूलाई जनचेतनाका कार्यक्रमहरू गराइरहेका छौं । जनचेतनाका कारण धेरै मानिसहरू आयोडिनको कामीबाट हुने रोगबाट मुक्त भएका छन् । त्यसैले हामी आफू र अरूलाई दुई बालबालिका चिन्ह अङ्कित आयोडिन नूनको मात्र प्रयोग गरौँ र गर्न सल्लाह दिन अनुरोध गर्दछु ।
अन्त्यमा केही भन्नु छ ?
नेपाल सरकारले सम्पूर्ण नेपालीहरू आयोडिनको कमी नहुन दिन दुर्गम ठाउँहरूमा अनुदान दिएर नौ रुपैयाँमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटले नून वितरण गरिरहेको । त्यसको एउटै लक्ष्य हो आयोडिनको कमीबाट कुनै नेपाली रोगी नहुन । त्यसैले सरकार सँगको लक्ष्य प्राप्तिका लागी साल्ट टे«डिङ कर्पोरेसन लिमिटले पनि नून बिक्री सँगै सचेतना कार्यक्रमहरू अघि बढाएको हो । हरेक नेपालीले आयोडिन युक्त नून खाओस् । आम उपभोक्ताहरूको सचेतना बढिरहेको छ । जनचेतनाका कारण धेरै मानिसहरू आयोडिन नूनको कामीबाट हुने रोगबाट मुक्त भएका छन् । त्यसैले हामी आफू र अरूलाई दुई बालबालिका चिन्ह अङ्कित आयोडिन नूनको मात्र प्रयोग गरौँ र गर्न सल्लाह दिन अनुरोध गर्दछु ।




