१८ मंसिर २०८२, बिहीबार

एकीकृत समाजवादीका कार्यबहाक अध्यक्षले भने हामी एकताको पक्षमा छौ




धनगढी, मंसिर ११/.
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कैलालीको विवाद सतहमा आएको छ । सो पार्टीका सचिव, उपाध्यक्ष र उपससचिवले जारी गरेको विज्ञप्तीका विरुद्धमा कार्यबहाक अध्यक्षले अर्को विज्ञप्ती जारी गरेका छन् ।

कार्यबहाक अध्यक्ष खड्ककुमार रावतले जारी गरेको विज्ञप्तीमा विहीबार विहान सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यममा पार्टीका अध्यक्ष र सचिवको नाम दुरुपयोग गर्दै प्रसारित गरिएको विज्ञप्ति पूर्णरूपमा झुटा र भ्रामक भएको भन्दै कडा आपत्ति जनाएका छन्।

उनले जारी विज्ञप्तिमा अध्यक्ष विमलकुमार जोशी, सचिव दीर्घ जोशी र उपसचिव प्रेमलाल चौधरीको नाममा सार्वजनिक भएको विज्ञप्ती पार्टीको आधिकारिक निर्णय नभएको बताएका छन्। रावतले “पार्टीको प्रतिवद्धता र संगठन कमजोर पार्ने उद्देश्यले केही तत्व सक्रिय भएको” आरोप लगाउँदै भ्रामक प्रचारप्रति असन्तुष्टि प्रकट गरेका छन्।

उनका अनुसार पार्टीभित्र सहमति, एकता र संगठन मजबुत बनाउने जिम्मेवारीमा रहेका नेतृत्व तथा कार्यकर्तालाई अल्झाउने उद्देश्यले मंसिर १२ गते हुने एकता सभालाई असफल बनाउन जालसाजी गरिएको हो।

कार्यबहाक अध्यक्ष रावतले सो विज्ञप्ती आधिकारिक नभएकोले भ्रममा नपर्न र कात्तिक १९ गतेको छलफल र एकता प्रक्रिया अनुसार अगाडि बढ्न पार्टी नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग अनुरोध गर्दै “संगठनको मूल उद्देश्य, आदर्श र सैद्धान्तिक प्रतिबद्धतामा पार्टी दृढ रहने” जनाएका छन्।

अध्यक्ष विमलकुमार जोशीले भने आफूले कसैलाई पनि कार्यबहाक अध्यक्ष नतोकेकोले सो विज्ञप्तीको कुनै अर्थ नरहने बताए ।

यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार