१८ मंसिर २०८२, बिहीबार

कैलालीको एकिकृत समाजवादीको नेतृत्व एकतामा सामेल नहुने



शुक्रबार प्रचण्ड र माधव धनगढीको सन्देश सभालाई सम्बोधन गर्न धनगढी आउदै


धनगढी, मंसिर ११ गते/ तत्कालिन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिव सहितको बहुमत कमिटी नेपाली कम्यूनिष्ट पार्टीमा सहमाहित नहुने भएको छ ।

अध्यक्ष विमल जोशीका अनुसार १२१ सदस्यीय कमिटीमध्ये ९१ को बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।

सो निर्णयमा सचिव दीर्घ जोशी पनि सहमत रहेको अध्यक्ष जोशीले बताए ।

हामीले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा प्रचण्ड रहुन्जेल कम्यूनिष्ट पार्टी कम्यूनिष्ट पार्टी जस्तो नहुने भएकोले ती दुवै दलमा सामेल नहुने निर्णय गरेका छौ उनले बताए ।

हामी प्रचण्ड नेतृत्वको नेकपा र ओली नेतृत्वको एमालेमा जान्नौ तर अब कता जाने भन्ने चाँडै सार्वजनिक गर्नेछौ उनले भने ।

शुक्रबार प्रचण्ड र माधव धनगढीको सन्देश सभालाई सम्बोधन गर्न धनगढी आउदै छन् । भने नेता डा. भीम रावलको नेतृत्वमा सन्देश सभाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार