१९ मंसिर २०८२, शुक्रबार

विश्व विख्यात फ्रान्कफर्ट पुस्तकमेलामा नेपाली साहित्य




जर्मनी/
अक्टोबर १५ देखि १९ देखि सञ्चालन हुने फ्रान्कफर्ट किताब मेलामा नेपाली लेखकद्वय सागर फुयाल र रमण जैसेरीले सहभागीता जनाएका छन् ।

कविता तथा गीतमा कलम चलाउने कवि तथा गीतकार सागर फुयालका ‘अञ्जुलीमा थाप्न पाए’ र ‘आफैलाई खोज्न मन छ’ प्रकाशित छ भने उनको तेश्रो कृति चाँडै बजारमा आउने कुरा उनले कार्यक्रममा व्यक्त गरेका थिए ।

कार्यक्रममा उनले आफ्ना आधा दर्जन गीतहरु स्वरवद्ध भएको र लोक प्रीय गायक शिव परियारद्वारा स्वरबद्ध अनि सुप्रसिद्ध नायिका मीरुना मगर अभिनित ‘तिमी हौ सबथोक मेरो’ बोलको गीतले व्यापक चर्चा पाएको र पाँच लाख बढि दर्शकहरुले हेरीसकेको जानकारी समेत गराएका थिए ।

त्यसैगरी जैसेरीले ‘कथा हुन् कथा हैनन् ‘ मा समावेश कथाहरुका बारेमा बोल्दै कथामा जर्मनीमा बस्ने आप्रवासीले भोग्ने साझा समस्यालाई कथामा कसरी समावेश गरिएको छ भनेर कथांश वाचन गरेका थिए । अंग्रेजी र जर्मन भाषा ज्ञान भएरै पनि नेपाली नै छान्नाको कारण बारे उनले नेपालीमा लेख्दा आफूलाई मज्जाले पोख्न सक्ने भएकोले पनि नेपालीमै लेखेको उल्लेख गरेका थिए ।

प्रवासी सल्लाहकार परिषद केल्कहाइमकी सदस्य हरप्रित कौरद्वारा संचाललित र प्रवासी सल्लाहकार परिषद फ्रान्कफर्टकी उपसभापति डा. आड्रियाना माक्सिमो दोस सान्तोसको उपस्थितीमा भएको उक्त कार्यक्रममा लेखकहरुले आफ्ना प्रकाशित रचनाको बारेमा बोल्नुका साथै रचनाका अंशहरु नेपाली र अंग्रेजीमा वाचन समेत गरेका थिए ।

हरेक वर्ष दुई लाख भन्दा बढिले सहभागिता जनाउने विश्वप्रसिद्ध फ्रान्कफर्ट पुस्तक मेलामा नेपाली लेखकहरुको सहभागीता विरलै हुने गर्छ । यस कार्यमा विगत २० वर्ष देखि नेपाली समाज नामक गैह्र नाफामुलक संस्था सञ्चालन गर्दै आउनुभएका शिव अधिकारी समन्वय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार