म माथिको कारबाही ओलीको निरंकुशता: रावल
काठमाडौं/ नेकपा (एमाले) को अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन्।
त्यसलाई उनले आफूमाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्। जबकी उनी लामो समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए।
अब उनले आगामी राजनीति कसरी अगाडि बढाउने भन्ने कुरा हेर्न बाकी छ।