२ माघ २०८१, बुधबार

उमेर पुगेकाहरूलाई मतदानको अधिकार देऊ



बालिग भएर पनि विभिन्न कारणले नागरिकता पाउन नसकेका नागरिकहरूलाई आसन्न निर्वाचनमा मतदानको अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले औंल्याएका छन् ।

महिला कानून र विकास मञ्चद्वारा बिहीबार धनगढीमा आयोजित “आसन्न निर्वाचन र नागरिकता अधिकारको सवाल” विषयक छलफलमा सहभागीहरूले प्राविधिक कारण नागरिकताको प्रमाणपत्र पाउन नसकेकाहरूलाई मतदानको अवसर प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

धनगढी–२ का वडाध्यक्ष धर्मराज ओझाले सीमान्तकृत मुस्लिम र मधेसी समुदायका धेरैजसो व्यक्ति नागरिकताविहीन रहेको चर्चा गरे । उनले भने– अनाथ, टुहुराहरूको अवस्था पनि यस्तै रहेको छ ।

सहभागीहरूले विभिन्न कारणले आमा र बुबाका नागरिकता नबनेका कारण तिनका सन्तानले नागरिकता पाउन नसकेको बताए । गृह मन्त्रालयको तथ्यांकअनुसार उमेर पुगेर पनि नागरिकता पाउन नसकेका नागरिकहरूको संख्या एक लाख ९० हजार बढी छ । पाँच लाख व्यक्तिले नागरिकताका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार