१ माघ २०८१, मंगलवार

स्वास्थ्य बीमा बोर्डको प्रदेशस्तरीय वार्षिक समीक्षा



धनगढी । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको आयोजनामा आइतबारदेखि धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी शुरु भएको छ ।

गोष्ठीको सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेशबहादुर सिंहले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममा उहाँले स्वास्थ्य बीमा स्वास्थ्य क्षेक्रकै राम्रो योजना रहेको बताए । स्वास्थ्य बीमा कार्यत्रमलाई प्रभावकारी बनाउन समयानुकुल योजना थप गर्दै लैजानुपर्नेमा उहाँले जोड दिए ।

कैलाली जिल्लाबाट परीक्षण प्रोजेक्टको रूपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लामा पुगेको तर, अहिले बीमा कर्ताले नविकरण नगरी बीचमै छोडनेक्रम बढेको निमित्त सचिव सिंहले बताए । अहिले नयाँ बनाउनु भन्दा पुरानालाई गुणस्तरीय सेवा दिनतिर ध्यान जानु पर्ने उहाँले बताए ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत हेमराज खडका स्वास्थ्य बीमाको प्याकेज बढाउनुपर्नेमा जोड दिए । अहिले पाँज जान सदस्य रहेको बीमा कर्ताले एक लाखको उपचार गर्न पाउने अवस्था रहेको तर बीमाकर्ताको रकम ३५ सय बाट ५ हजार बढाएर पाँच लाखसम्मको उपचार सेवा पाउने बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य बीमा सुदूरपश्चिम निर्देशनालयका निर्देशक रमेश मलासी, सेती प्रादेशिक अस्तालतका स्वास्थ्य बीमा फोकल पर्सन दीपक मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आर्थिक वर्ष २०७९/०८० सम्म स्वास्थ्य बीमा गर्नेको संख्या ५० प्रतिशत पुर्‍याउने बताएका छन् । उहाँले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन सबै स्वास्थ्य संस्था, तथा नागरिकको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रम संचालन बीमा बोर्डका सिनियर आहेव भगवान रेग्मीले गरेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ अवधिसम्मको समष्टिगत प्रगति विवरणको प्रस्तुति, जिल्ला र प्रदेशको प्रस्तुति रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लाबाट स्वास्थ्य बीमा कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार