२ माघ २०८१, बुधबार

विश्व खाद्य दिवस मनाइयो



धनगढी । ४२ औं विश्व खाद्य दिवसको अवसरमा आइतबार धनगढीमा सरोकारवाल निकायहरूबीच अन्तरक्रिया तथा रैथाने खाद्य साँझ कार्यक्रम भएको छ ।

कृषि ज्ञान केन्द्रको आयोजनामा भएको कार्यक्रममा पशुपंक्षी, मत्स्य विकास निर्देशनालयके निर्देशक बसन्तबहादुर सिंह प्रमुख अतिथि रहेका थिए । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाबाट खाद्य सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको कृषिसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना शाखा प्रमुख टीकाराम थापाले प्रस्तुतीकरण गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा खाद्य तथा पोषण सुरक्षाको अवस्थाबारे कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशी, सुदूरपश्चिम प्रदेशके खाद्य तथा पोषण सुरक्षामा पशुपालन क्षेत्रको योगदानबारे पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. वसन्तबहादुर सिंहले प्रस्तुतीकरण गरेका थिए  ।

कृषि ज्ञान केन्द्रको योजना कार्यक्रम र सिकाईबारे केन्द्रका प्रमुख खगेन्द्र शर्मा, याक नेपालको तर्फबाट कार्यक्रम निर्देशक डबल बम, कृषि जैविक विविधता संरक्षण, खाद्य तथा पोषण सुरक्षामा भएका पहल तथा सिकाईबारे वार्डका सहदेव केसी र सुआहाराको तर्फबाट पोषण सम्बन्धी प्रस्तुतीकरण लोकेन्द्र रावलले गरेका थिए ।

अक्टोबर १६ अर्थात ४२ औ विश्व खाद्य दिवसका दिन सुदूरपश्चिम प्रदेशमा अवस्थित कृषि तथा खाद्य सम्बन्धी सरकारी तथा गैरसरकारी एवं अन्य सरोकारवाला निकायको उपस्थितिमा सुदूरपश्चिम प्रदेशमा हालको कृषि, पशुपंछीजन्य उत्पादन एवं खाद्य सुरक्षा तथा पोषणको अवस्था र आगामी दिनमा खाद्य स्वच्छता, पोषण एवं समग्रमा खाद्य सुरक्षाको अवस्था सुधारका क्षेत्रहरूबारे विचार विमर्श गरिएको छ ।

त्यसैगरी, विभिन्न खानाका साथै रैथाने थारू परिकारहरूको प्रदर्शनीमार्फत प्रवर्द्धन गर्ने कार्यक्रम भएको थियो । कार्यक्रम संचालन कृषि ज्ञान केन्द्रका अधिकृत श्यामराज जोशी र स्वागत मन्तव्य कृषि प्रसार अधिकृत गंगादत्त अवस्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार