१२ पुष २०८२, शनिबार

बाल संगठनद्धारा तरकारी वितरण



धनगढी / नेपाल बाल संगठन कैलालीले राष्ट्रिय बाल दिवसको अवसर पारेर धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा तरकारी वितरण गरेको छ ।

विपदमा बाल अधिकारको सुनिश्चिता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ यस वर्षको बाल दिवस मनाइदै छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धि महासंधि १९८१ अनुमोदन गरेको अवसरमा दिवस मानउन थालिएको हो । महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेमो छ ।

बाल दिवसको अवसरमा नेपाल बाल संगठन कैलालीले आमाको माया छात्राबासमा ४५ केजी आलु, ३५ केजी प्याज र एक प्याकेट मास्क बितरण गरेकोे छ ।

विपन्न परिवार र अभिभावकविहिन २० जना बालबालीका अहिले आमाको माया छात्राबासमा अध्यनरत रहेका छन । स्थानीय व्यक्तिहरुको सहयोगमा छात्राबास संचालनमा रहेको छ ।

कोरोनाका कारण छात्राबासमा तरकारीको अभाव भएकाले बाल दिवसको अवसरमा तरकारी वितरण गरेको नेपाल बाल संगठन कैलालीका अध्यक्ष भुवनेश्वर पन्तले बताए ।

बाल संगठन कैलालीले हरेक वर्ष विपन्न परिवारका समामुदायिक विद्यालयमा पढने बिद्यार्थीहरुलाई छात्रबृति समेत बितरण गर्दै आएको छ ।

बाल संगठन कैलालीले कैलालीको भजनीमा बाढीले क्षति पुगाएको ठाउँका प्रभावितलाई खाद्यान्न र स्वास्थ्य सामाग्री समेत वितरण गरेको सचिव नृपबहादुर सुनारले बताए ।

विपन्न वर्गमा रहेका बालबालिका र विपदमा परेकालाई बाल संगठन कैलालीले सहयोग गर्दै आएको समेत सचिव सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार