९ पुष २०८२, बुधबार

क्वारेण्टाइनमा रहेका महिलालाई स्यानीटरी प्याड



धनगढी । रोट्रयाक्ट क्लब अफ धनगढीले क्वारेण्टाईनमा रहेका ४० जना महिलालाई स्यानीटरी प्याड वितरण गरेको छ ।

क्वारेण्टाईनमा बसेका महिलालाई प्याडको अभाव रहेका जानकारी पछि धनगढी उप–महानगरपालिका–९, १० र १२ नम्बर वडाका करिव ४० जना महिलालाई निशुल्क स्यानीटरी प्याड वितरण गरिएको रोट्रयाक्ट क्लव अफ धनगढीका अध्यक्ष जीवन रेग्मीले बताए ।

महिना वारी भएका वेला महिलालाई क्वरेण्टाईनमा बस्न समस्या हुँदै आएको जानकारी पाएपछि त्यसता महिलालाई छनौट गरी ४० जनालाई प्याड वितरणगरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार