२९ पुष २०८१, सोमबार

निःशुल्क स्वास्थ्य परीक्षण



धनगढी । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
कम्पनीको तेस्रो वार्षिकोत्सवको पूर्व सन्ध्यामा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबारबिहीन २९ जना बृद्धाबृद्धहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
आइतबार स्वास्थ्यकर्मी सहितको टोलीले निःशुल्क रुपमा रगत, सुगर, मिर्गौला, एचआइभी, हेपाटाइटिस बी परीक्षण गरेका थिए । त्यस्तै, उनीहरूलाई फलफूल वितरण गरेको प्रालीका प्रबन्धक निर्देशक महेन्द्र साउदले बताए ।
सोमबार (आज) एक कार्यक्रमबीच आश्रमलाई आर्थिक सहयोग समेत प्रदान गरिने प्रबन्ध निर्देशक साउंदले बताए ।
उनले प्रालिको वार्षिकोत्सवका अवसरमा पांच हजार रुपैयामा पुरै शरीर (होल वडी) तथा दुई हजार रुपैयामा मिनी होलबडी प्याकेज तथा पांच सय रुपैयामा थाइराइड चेकजा“च गराइने बताए ।

हालसम्म डाइग्नोस्टिक्स सेन्टरले छ सय ७० जनाको निःशुल्क मधुमेह जा“च, सात हजार बढीको सिकलसेल जा“च गरेको प्रयोशाला प्रमुख निरज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार