१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको अध्यक्षमा आचार्य



धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानले तेस्रो अधिवेशनबाट अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डम्मरा थापा र भीम अधिकारी, महासचिवमा गुणाकर पनेरु, सचिवमा चन्द्र चौधरी, कोषाध्यक्षमा गोविन्द मुखिया, सहकोषाध्यक्षमा केशव बलायर चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा बिनोद बोहरा, रामचरण चौधरी, रोशन केसी, राज चौधरी, मेघा भट्ट, अवेश चन्द चयन भएका छन् ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव कृष्णबहादुर राउतले उद्घाटन गरेका कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्राज्ञ यज्ञराज उपाध्याय, प्राज्ञ वाशुदेव पाण्डे, जन पुस्तकालयका अध्यक्ष डा. टिएन जोशी, चलचित्र छायाँकार तथा निर्देशक उदयसिंह बोहरा, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी, कलाकार दलबहादुर बोगटीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा पिम नेपाल दोस्रो राष्ट्रिय फिल्म फेस्टिवल २०७६ मा राष्ट्रिय चलचित्र आवर्ड प्राप्त नायक अम्बिका प्रसाद आचार्य, संगत चौधरी, विनोद बोहरा, निर्देशक राजकुमार श्रेष्ठ, निर्माता÷निर्देशक वीरेन्द्र सिंह (वीरु) खादाद्वारा सम्मान गरिएको थियो । त्यस्तै, नायक प्रेम चौधरी, गायक पिके नारायण, निर्माता जगदिश सिंह राना, निर्माता विवश देवान, निर्देशक÷सम्पादक सतिशकुमार सिन्हा, वरिष्ठ छायाँकार राजेन्द्र थापासमेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकारहरू फाल्गुना दाहाल, माया पाण्डे, दीर्घ शाही, गौरी चौधरी, राज चौधरी, पिके नारायण, दुर्गा भट्ट, पार्वती बम, सुनिता चन्दारा, ज्ञानु शाहलगायतको साहित्यिक गायन तथा हाँस्य प्रस्तुतिहरू रहेको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष गोविन्द मुखियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव गुणाकर पनेरुले गरेका थिए । साथै कार्यक्रममा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार