६ पुष २०८१, शनिबार

६५ लाख भारु सहित अभियुक्त पक्राउ



धनगढी । भारतको नयाँ डिल्लीबाट नगद र गहना चोरेर भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–२, चौमालाबाट उनीहरुलाई ६५ लाख भारीय रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले बाजुराको बुढीगंगा–१, डुङग्रीका जहरसिंह थापा र मनाकुमारी खड्का (थापा) लाई भारतबाट चोरी गरेको र गौरीगंगा–२ की विन्दाकुमारी थापा (रावल) लाई चोरी गरेको रकम आफ्नो घर लुकाएको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाए ।
उनीहरुले डिल्लीका विश्वेश्वर अग्रवालको अफिसबाट नगद तथा गहना चोरी फरार भएको भारतीय राजदुतावासको पत्रको आधारमा अनुसन्धान गर्दै उनीहरुलाई पुस २६ गते पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उनका अनुसार बिन्दाले आफ्नो घरभित्र सुत्ने खटिया मुनी खाल्टो खनी टिनको बाकसभित्र प्लाष्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाएको अवस्थामा रकम बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार