२ माघ २०८१, बुधबार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस



काठमाडौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा रहेको सर्च कमिटीले केही दिन अघि प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार विश्वविद्यालयको उपकुलपतीका लागि रमेश भट्टराई, भारती जोशी र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ । उपकुलपतीमा सिफारिस भएका भट्टराई त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक हुन् । यस्तै प्राध्यापक भारती चन्द सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन गराउ“दै आएकी छन् भने सिफारिसमा पर्ने अर्का प्राध्यापक चन्द अहिले विश्वविद्यालयको निमित्त उपकुलपतीको जिम्मेवार निर्वाह गरिरहेका छन् ।
तीनै जना नेकपा निकट मानिन्छन् । सिफारिस गरिएका तीनै जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एकजनालाई उपकुलपतीमा नियुक्त गर्नेछन् । प्रधानमन्त्री सबै विश्वविद्यालयका कुलपति हुने कानुनी व्यवस्था छ । तर सिफारिस गरिएका मध्ये पनि पार्टीभित्र ओली र अर्का अध्यक्ष प्रचण्डको भागबन्डा हुने भएकाले उपकुलपति नियुक्तिका लागि केही दिन लाग्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
तत्कालीन उपकुलपति डा.भूषण श्रेष्ठ र रजिष्ट्रार डा. द्धिजराज भट्टले पदीय मर्यादा विपरित काम गरेको भन्दै सरकारले उनीहरुलाई हटाएको थियो । पदीय मर्यादा विपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयले दुवैजनालाई जिम्मेवारी मुक्त गरेको हो ।
उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै काठमाडौ“मा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमण भत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए । त्यसपछि अर्का व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त उपकुलपतिमा पुर्ण बहादुर चन्दलाई जिम्मेवारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार