ज्यान जाला, तर एकइन्च भूमि दिन्नौं– सांसद रावल
धनराज बिक/लम्की । कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले ज्यान गए पनि नेपालको एक इन्च भूमि पनि भारतलाई लिन नदिने बताएका छन् ।

सोमबार लम्कीमा पत्रकार भेटघाटका क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न अंग र पुर्खाको सम्पती भएको दोहोराए ।
उनले पुर्खाको रगत र पसिनाले सिर्जित भूमिलाई कसैले आफनो हो भन्दै नक्सा जारी गरेको भरेमा मान्य हुन नसक्ने बताए ।




